ज्यान मुद्दामा दोषी ठहरिएपछि मनाङेको ५ बर्ष कैद

ज्यान मुद्दामा दोषी ठहरिएपछि मनाङेको ५ बर्ष कैद

५९९ पटक पढिएको

काठमाडौं । मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वा्चित दीपक मनाङेलाई हिजो सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर गरेपछि उहाँको सांसद पद नहरने भएको छ । १४ वर्ष पुरानो ज्यान मुद्दामा सर्वोच्च अदालतले ५ वर्ष जेल सजाय सुनाएपछि उहाँ सांसद बन्न अयोग्य ठहरिनु भएको हो ।

नेपालको संविधानको धारा १७८ मा प्रदेशसभा सदस्यको योग्यता उल्लेख गरिएको छ । जसको उपधारा ‘घ’ मा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति प्रदेशसभा सांसद बन्न अयोग्य हुने उल्लेख गरिएको छ । स्वतन्त्र हैसियतमा प्रदेशसभा सदस्य निर्वाचित भएका राजीव गुरुङ नाम भएका मनाङे सपथ नलिदै ज्यान मुद्दामा दोषी ठहरिएका छन् । प्रदेश तथा प्रतिनिधिसभा चुनाव अगाडिसम्म राप्रपाको मनाङ जिल्ला अध्यक्ष रहेका उनी चुनावको मनोनयन दर्ताको केही दिनअघि एमालेमा प्रवेश गरेका थिए ।