लक्ष्य भन्दा ३६ करोड बढी राजश्व संकलन

लक्ष्य भन्दा ३६ करोड बढी राजश्व संकलन

२३३ पटक पढिएको

काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य भन्दा ३६ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०७४ र ०७५ को साउनदेखि पुस महिनासम्म लक्ष्य भन्दा बढी राजश्व संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन आचार्यले जानकारी दिनुभयो । नेपालगञ्ज भन्सार कार्यालयको लक्ष्य चालु आर्थिक वर्षको ६ महिनामा तीन अर्ब ८५ करोड ३१ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गर्ने रहेकोमा चार अर्ब २१ करोड ४७ लाख ७४ हजार रुपैयाँ संकलन गरेको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी समेत रहनुभएका भन्सार अधिकृत सुवास श्रेष्ठका अनुसार नेपालगञ्ज भन्सार हुँदै भारतबाट पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत बढी भन्सार महसुल संकलन हुने सामग्री भित्रिने गरेका छन् । नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि आठ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको छ ।