भोली मन्त्रीपरिषदको बैठक बस्दै

भोली मन्त्रीपरिषदको बैठक बस्दै

२६६ पटक पढिएको

नयाँ सरकारका लागि मार्ग प्रस्सत र राष्ट्रियसभा निर्वाचनलाई पुर्णता दिन भोली मन्त्रीपरिषदको बैठक बस्ने भएको छ । पटक—पटक बस्दै आएको मन्त्रीपरिषद् बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थाई राजधानी ,  राजनितिक असहमतिका कारणले नतोकिएको हुनाले भोली बस्ने मन्त्रीपरिषद् बैठकले प्रदेश प्रमुख तोक्ने भएको छ । क्यापिटल एफएम संग कुराकानि गर्दै नेपाली काँग्रेसका बहालवाला मन्त्री मिनबाहादुर बिश्वकर्माले अहिलेको सकारले बिभिन्न राजनितिक दल संग पटक पटक छलफल डाके पनि उक्त छलफलबाट खुल्ला रुपमा सल्लाह सुझाव नआएको हुनाले भोली बस्ने मन्त्रीपरिषदबाट सरकार प्रदेश प्रमुख तोक्ने तयारीमा रहेको बताउनुभयो । मन्त्री बिश्वकर्माले प्रधानमन्त्री देउवा , सरकार छोडन् आतुर रहनुभएकाले राष्ट्रिय सभाले पुर्णता पाए संगै सरकारबाट राजिानामा दिने बताउनुभयो ।