आर्मीले जित्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि : ११ लाख ११ हजार १ सय ११ नगद रुपैया हात पार्न सफल

आर्मीले जित्यो सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि : ११ लाख ११ हजार १ सय ११ नगद रुपैया हात पार्न सफल

५१२ पटक पढिएको

एपीएफ क्लबलाई पेनाल्टीमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सोमबार नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि उचालेको छ। धनगढी रंगशालामा भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएपछि ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा एपीएफलाई ५–४ले स्तब्ध पार्दै आर्मीले उपाधि उचालेको हो। उपाधिसँगै आर्मीले ११ लाख ११ हजार १ सय ११ नगद रुपैया हात पारेको छ भने उपविजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ। यस सिजनमा आर्मीको यो लगाचार चौथो जित हो। झापामा सताक्षी गोल्डकप र मेची नेत्रालयल काकरभित्ता गोल्ड कपको उपाधि जितेको आर्मीले यसै सिजनमा वीरगन्जमा खेलिएको विशाल मेमोरियको उपाधि पनि हात पारेको थियो । पेनाल्टीमा आर्मीले आफ्नो पाँचैं पेनाल्टीलाई गोलमा परिणत गरेको थियो भने एपीएफका तर्फबाट सुदिप शिख्राकार पहिलो पेनाल्टीमा चुक्दा एपीएफ उपाधि विमुख हुन पुग्यो । आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ, दिप लामा, दिपक गुरुङ र विवेक बस्नेतले पेनाल्टी गोलमा परिणत गरेका थिए। एपीएफका अन्जन विष्ट, नविन लामा, पासाङ लामा र रन्जन विष्टले आ–आफ्नो पेनाल्टी गोलमा परिणत गरे ।