माग्ने बुढा एयरपोर्ट जादै तीन हजारको कफी पिएर बेलुका झोला बोकेर घर फर्कन्छन्

माग्ने बुढा एयरपोर्ट जादै तीन हजारको कफी पिएर बेलुका झोला बोकेर घर फर्कन्छन्

३८० पटक पढिएको

काठमाडौं । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ धनगढी महोत्सवका लागि प्रस्तुति दिन जान गाह्रो भएको छ । केही दिनयता तराईमा चिसो र हुस्सु बढेका कारण विमान उडान हुन सकेको छैन । धनगढी महोत्सवका उनी आइतवार बिहान साढे ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगे । उनको उडान समय थियो ११:३० बजे तर उडान हुन सकेन ।

धनगढी महोत्सवमामा हास्य कलाकार माग्नेबुढो आउने भन्दै प्रचार-प्रसार भइरहेको थियो । यता काठमाडौंमा माग्ने बुढा आइतबार दिनभरि पाइलटहरुसँग तस्वीर खिचाएर दिन बिताइरहेका थिए ।

माग्नेबुढाले बेलुका सम्म कफी पिउदै उडान हुन्छ होला भनि कुरे तर बेलुकासम्म पनि उडान हुन सकेन । आयोजक संस्थाका अधिकारीहरुले जति मिलाउने प्रयस गर्दा पनि सकेन ।

आइतबार एअरपोर्टमा बस्दाबस्दै साँझ पर्‍यो । माग्नेबूढाले धनगढी जाने कुनै फ्लाइट भेटेनन् । उनी झोला बोकेर घर फर्किए । दिनभरि उनले कफीसपमा कफी र चाउमिन खाएको बील मात्रै तीन हजार रुपैयाँ तिरेछन् ।

सोमवार बिहानै उनी फेरि एअरपोर्ट पुगेका छन् । तर, आज पनि एअरलाइन्सका स्क्रिनमा त्यही सूचना जारी छ-खराब मौसमका कारण उडान हुन सकेन ।

उनी भन्छन्- ‘हेरौं आज पनि बेलुका झोला बोकेर घरै जानुपर्ने हो कि धनगढी पुगिने हो ’ पुस महिनामा मात्रै २० घण्टा जति एअरपोर्ट रुँगेर बिताएको उनी बताउँछन् । ‘गएको महिना चारपटकको उडानमा एकपटकमा कम्तिमा पाँच घण्टा एअरपोर्ट रुँगेर बिताएको छु ।