निर्वाचन अधिकृतको कार्यलयले राष्ट्रियसभा निर्वाचनका कामबाट सुरु गर्ने

निर्वाचन अधिकृतको कार्यलयले राष्ट्रियसभा निर्वाचनका कामबाट सुरु गर्ने

३८९ पटक पढिएको

राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यलयले भोली देखि आफ्नो काम सुरु गर्ने भएको छ । सरकारले आगामी माघ २४ गते निर्वाचनको मिती तय गरेपछि आयोग निर्वाचनको कार्यमा जुटेको छ । आयोगका प्रवक्ता नवराज ढकालले भोली देखि निर्वाचन अधिकृतको कार्यलयले काम सुरु गर्ने जानकारी दिनुभयो । आयोगले सम्बन्धित प्रदेशमा उच्च अदालत रहेको जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी माघ ७ गतेबाट लागु हुने गरी निर्वाचन कार्य तालिका सार्वजनिक गरेको आयोगले माघ १० गते मनोनयन दर्ता र माघ २४ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।