माओवादी केन्द्रका विना विभागीय मन्त्रीहरुले राजिनामा दिने

माओवादी केन्द्रका विना विभागीय मन्त्रीहरुले राजिनामा दिने

५८५ पटक पढिएको

नेकपा माओवादी केन्द्रका सरकारबाट बाहिरिने भएको छ । विना विभागीय रुपमा रहेका माओवादी मन्त्रीहरुले राजिनामा दिन लागेका हुन् । माओवादी केन्द्रले आफ्ना मन्त्रीलाई आज फिर्ता बोलाउने र आजै प्रधानमन्त्रीलाई सरकारबाट बाहिरिएको जानकारी दिने तयारी गरेको छ । माओवादी मन्त्रीहरुले हिजो नै प्रधानमन्त्री देउवालाई भेटेर सामुहिक राजीनामा दिने तयार गरेका थिए । तर, केही मन्त्री उपत्यका बाहिर रहेकाले सम्भब हुन सकेको थिएन । पार्टीका बरिष्ठ नेता नारायण काजी श्रेष्ठले आज पार्टी सरकारबाट बाहिरने बताउनु भयो । माओवादी केन्द्र र एमाले बीच चुनावी गठबन्भन बनेपछि माओवादी मन्त्रीहरुको राजीनामाको विषय पटक पटक चर्चामा आएको थियो । माओवादी केन्द्रले निवार्चन अगावै राजीनामा दिने तयारी गरे पनि प्रधानमन्त्री देउवाले निवार्चन नगराउने खेल गरेको भन्दै निवार्चनको सुनिश्चितताका निम्ति सरकारमै रहने निर्णय गरेको थियो । माओवादी केन्द्रले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न र प्रदेश सरकारको प्रक्रियाका लागि सहज होस् भन्दै राजीनामा दिन लागेको नेता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।