मन्त्रिपरिषद्को  बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै

३४५ पटक पढिएको

मन्त्रिपरिषद्को अहिले बैठक केहीबेरमा सिंहदरबारमा बस्ने भएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्री विक्रम बहादुर थापाका अनुसार बैठकले प्रदेश प्रमुख र प्रदेश राजधानीबारे निर्णय गर्ने तयारी छ । प्रदेश प्रमुख र प्रदेशको राजधानीबारे छलफल र निर्णय हुने थापाले बताउनु भयो । उहाँले सरकारले यस विषयमा निकास दिनुपर्ने बाध्यता रहेको बताउनु भएको छ । वाम गठबन्धनका माओवादी र एमालेले प्रदेश प्रमुख र राजधानी तोक्ने जिम्मेवारी सरकारको भन्दै त्यसमा बाधा नगर्ने बताइ सकेका छन् ।