गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे दोषी ठहर

गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे दोषी ठहर

३४९ पटक पढिएको

विशेष अदालतले एम.बि.बि.एस परीक्षामा प्रश्नपत्र ’लिक’ गराउने काठमाडौंस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई दोषी ठहर गरेको फैसला सुनाएको छ ।  परीक्षामा चीट चोराउने कार्यमा संलग्न भएको आरोप लागेकामध्ये ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ भने २ जनालाई सफाइ दिएको हो। २०७१ मंसिरमा शिक्षा मन्त्रालयले गराएको एम.बि.बि.एस परीक्षामा गोल्डेन गेटका सञ्चालकले अन्य व्यक्तिसँग मिलेमतो गरी प्रश्नपत्र लिक गराएको ठहर गर्दै विशेष अदालतले कैद र जरिवाना हुने फैसला सुनाएको हो ।  विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलाशले ३ वर्षपछि हिजो यस्तो फैसला सुनाएको हो। देवीराम पाण्डेसहित ६ जनालाई दोषी ठहर गर्दै उनीहरुबाट बरामद गरेको ३४ लाख २५ रकमसमेत जफत हुने फैसला सुनाएको छ । निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना हुने तथा सोही कलेजका शिक्षक हरिहर भन्ने खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र   २५ सय जरिवाना हुने फैसला सुनाइएको छ।