बाढीपीडितलाई राहत बाड्दै पुनः निर्माण प्राधिकरण 

बाढीपीडितलाई राहत बाड्दै पुनः निर्माण प्राधिकरण 

३३१ पटक पढिएको

राष्ट्रिय पुनः निर्माण प्राधिकरणले तराईका बाढीपीडितलाई घर मर्मतका साथै तत्काल चिसोबाट जोगाउन रहत घोषणा गरेसँगै आजदेखि नै प्रभावित जिल्लामा रकम वितरण गरिने भएको छ । तराईमा अत्याधिक चिसोका कारण जनजीवन प्रभावित भएकाले तत्काल राहत स्वरुप प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समिति मार्फत रकम वितरण शुरु गरिने प्राधिकरणका निमित्त सचिव यमलाल भुसालले जानकारी दिनुभयो ।

राहतका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरणले हिजो मात्रै एक अर्ब चार करोड ६ लाख ५० हजारको अख्तियारी दिएको छ । बाढीका कारण पूर्ण रुपमा घर क्षति भएका ४१ हजार ६२६ घरधुरीलाई प्रतिपरिवार घर मर्मत गर्न १५ हजार र न्यानो कपडा खरिदका लागि १० हजार वितरण गर्ने गरी प्राधिकरणले उक्त रकम गृह मन्त्रालयलाई अख्तियारी दिएको भुसालले जानकारी दिनुभयो ।

बाढीपछिको पुनः स्थापना आवश्यकता आङ्कलन प्रतिवेदनअनुसार १८ जिल्लामा पहिचान भएका ४१ हजार ६२६ घरधुरीलाई क्षति भएका घर निर्माणबापत भविष्यमा उपलब्ध गराइने अनुदानमा घटाई हिसाब मिलान गर्ने गरी रकम वितरण गर्न लागिएको हो ।