सन् २०१७ मा चीनमा मोबाइल फोनको परिचालन ४९ करोड १० लाख

सन् २०१७ मा चीनमा मोबाइल फोनको परिचालन ४९ करोड १० लाख

५५६ पटक पढिएको

चिनियाँ सूचना तथा सञ्चार अनुसन्धान प्रतिष्ठानले नौ तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् २०१७ चीनको बजारमा मोबाइल फोनको परिचालन ४९ करोड १० लाख वटा पुगेको र बजारमा १०५४ किसिमको नयाँ मोबाइल फोन सार्वजनिक गरिएको छ जुन सन् २०१६ को तुलनामा १२.३ प्रतिशत र २७.१ प्रतिशतले घटेको छ।

सन् २०१७ डिसेम्बर महिना चीनको ट्रेड मार्काका मोबाइल फोनको शिपमेन्ट ३ करोड ५६ लाख २० हजार पुगेको छ भने सन् २०१६ को तुलनामा ३६.४ प्रतिशत घटेको छ।

तथ्यांक कम्पनी काउन्टरपोइन्टले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार, सामसुङ सधैं नै विश्वको पहिलो स्थानमा रहेको छ भने बजार शेयर २१ प्रतिशत पुगेको छ। विश्वमा आईफोन एक्सको बिक्री मात्रा २२ करोड ३० लाख पुग्ने छ भने बजार शेयर १२ प्रतिशत पुग्ने छ ।