"बेल्ड एण्ड रोड"निर्माणमा सक्रियताका साथ संलग्न हुने अफगान राष्ट्रपतिको आशा

"बेल्ड एण्ड रोड"निर्माणमा सक्रियताका साथ संलग्न हुने अफगान राष्ट्रपतिको आशा

१५३ पटक पढिएको

अफगानिस्तानका राष्ट्रपति अश्रफ घानीले आठ तारिख अफगानिस्तानले चीनसितको सम्बन्धमा उच्च महत्व दिएको बताउँदै चीनलाई दीर्घकालीन र भरपर्दो रणनीतिक तथा सहयोगात्मक साझेदारको रुपमा अपनाएको र "बेल्ड एण्ड रोड"निर्माणमा सक्रियताका साथ संलग्न हुने आशा लिएको कुरा बताउनुभएको छ ।

सोही दिन राष्ट्रपति भवनमा अफगानिस्तानका लागि नवनियुक्त चिनियाँ राजदूत लिउ चिन सुङले प्रस्तुत गर्नुभएको ओहोदाको प्रमाण पत्र ग्रहण गर्दै घानीले उक्त कुरा बताउनुभएको हो ।

घानीले अफगानिस्तानले "बेल्ड एण्ड रोड"प्रति उच्च मूल्यांकन गर्नुका साथै सक्रियताका साथ संलग्न हुने भन्दै चीनको विकास उपलब्धिको प्रशंसा गर्नुभयो। लिउ चिन सुङले चीनले चीन र अफगानिस्तानको द्विपक्षीय सम्बन्ध खास गरी उच्चस्तरीय भ्रमण र लोक क्षेत्रको आदान-प्रदानलाई अगाडि बढाउने र "बेल्ड एण्ड रोड"लाई अफगानिस्तानको विकास परियोजनासँग जोड्न प्रयास गर्ने विचार व्यक्त गर्नुभयो ।