चिसोको मारमा परेका तराईका २२ जिल्लामा राहत गरिने

चिसोको मारमा परेका तराईका २२ जिल्लामा राहत गरिने

४६२ पटक पढिएको

सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधारणलाई दुई करोड २२ लाख बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा हिजो गृह मन्त्रालयले उक्त निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गृह मन्त्रालयले हरेक जिल्लामा १० लाख बराबरको कम्बल, दाउरा लगायत न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो। मन्त्रालयले सरकारको मौज्दातमा रहेका कम्बल लगायत सामग्री पनि तत्काल प्रभावित जिल्लामा पठाउने तयारी गरेको छ। मन्त्रालयले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिशमा उक्त राहत वितरण गर्न निर्देशनसमेत दिएको छ। मन्त्रालयले तत्काल केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट रकम वितरण गर्ने जनाईएको छ ।