चिसोका कारण फेरि दुईको मृत्यु

चिसोका कारण फेरि दुईको मृत्यु

४०२ पटक पढिएको

एक हप्तादेखि पूर्वी तराईमा बढेको चिसो र शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमबार बेलुका स्थानीय बासिन्दा गुल्डेन मण्डलकी ६ महिनाकी छोरी पार्वतीको ज्यान गएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा कक्षा १ मा अध्ययनरत सात वर्षीय जीतेन्द्र सदाको कठ्याङ्ग्रिएर ज्यान गएको स्थानीय बासिन्दाले जनाएका छन्  । यससँगै सप्तरीमा अहिलेसम्म १८ जनाको चिसोबाट ज्यान गएको छ । तर प्रहरीले भने ६ जनाको मात्र पुष्टि गरेको छ । काठमाडौं सहित देशभरि नै अब तापक्रम बढ्दै जाने मौसमविदले अनुमान गरेका छन् । अबको केही दिन देशभरि कै मौसम सफा रहने भएकाले जमिनको ताप आकाशमा बहने र हावा चल्ने हुँदा न्यूनतम तापक्रम बढ्ने देखिएको मौसमविद समिर श्रेष्ठले बताउनुभयो ।