गगन थापा भन्छन्  ; श्रीमान्, डा गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई मानहानी लगाइयोस्

गगन थापा भन्छन् ; श्रीमान्, डा गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई मानहानी लगाइयोस्

३४४ पटक पढिएको


डा गोविन्द केसीलाई अदालतको मानहानी मुद्दा लाग्ने भए आफूहरु सबैलाई मुद्दा लगाउन नेपाली कांग्रेसका नेता गगन थापाले  प्रधानन्यायाधीसामु चुनौती दिएका छन्। आज विहान  माइतीघर मण्डलामा आयोजित डा केसि समर्थन प्रदर्शनमा सम्बोधन गर्दै नेता थापाले चुनौती दिएका हुन्। जुन आरोप लगाएर केसीलाई पक्राउ गरियो। यहाँ उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गरियोस उनले भनले भनेका छन् । यो कुनै एक व्यक्तिको मात्र नभई आम नेपालीको सवालको विषय भएको उनको नेता थापाको भनाई छ । सम्मानित अदालतप्रति सम्मान रहे पनि न्यायाधीशको भ्रष्ट प्रवृत्तिका कारण न्यायालयमाथि सधैं प्रश्न उठ्ने गरेको बताउँदै नेता थापाले भनेका छन् ’श्रीमान्, डा गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई मानहानी लगाइयोस्।’ केसीलाई तत्काल रिहा गर्न माग गर्दै थापाले उनले उठाएका मागबारे गम्भीर छानबिन गर्न समेत आग्रह गरेका छन् ।