फ्रान्सेली राष्ट्रपतिको चीन भ्रमण शुरू

फ्रान्सेली राष्ट्रपतिको चीन भ्रमण शुरू

२९० पटक पढिएको

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोनले जनवरी आठ तारिखदेखि चीनको पहिलो राजकीय भ्रमण थाल्नुभएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले आजै आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति माक्रोनको यस भ्रमण नयाँ युगमा चीन-फ्रान्स र चीन-यूरोप सम्बन्धको विकासका लागि ज्यादै महत्वपूर्ण अर्थ हुने कुरा औंल्याउनुभएको छ। राष्ट्रपति माक्रोनसँग नयाँ युगमा चीन-फ्रान्स सम्बन्धलाई कसरी अगाडि बढाउने र अन्य साझा चासो भएका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समस्याहरूबारे वैचारिक आदान-प्रदान गर्ने प्रतिक्षामा चिनियाँ नेता रहनुभएको कुरा पनि उहाँले बताउनुभएको छ।

फ्रान्स नयाँ चीनसँग औपचारिक रुपमा दौत्य सम्बन्ध कायम गरेको पहिलो पश्चिमा मुलुक हो भन्दै प्रवक्ता लुले तथ्य कुराबाट के प्रमाणित गरिएको छ भने चीन र फ्रान्सबीच दौत्य सम्बन्ध कायम भएको कुराले अन्तर्राष्ट्रिय सम्बन्धको स्वस्थ विकासलाई अघि बढाउन, अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रजातान्त्रिकीकरण र बहुध्रुवीकरणका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कुरामा जोड दिनुभएको छ।