'पिंकु मिसको जवानीले बबाल भयो' भन्दै नाचिन् रेखा

'पिंकु मिसको जवानीले बबाल भयो' भन्दै नाचिन् रेखा

६२२ पटक पढिएको

अभिनेत्री रेखा थापाको आइटम डान्स रहेको नयाँ गीत सार्वजनिक भएको छ । गत हप्तान्तबाट प्रदर्शनमा आएको चलचित्र राज्जा रानीको नयाँ गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । 'पिंकु मिसको जवानी' बोल रहेको उक्त सार्वजनिक गीतमा तारा प्रकाश लिम्बुको सङ्गीत, निर्देशक यम थापाको शब्द र सहीमा श्रेष्ठको स्वर रहेको छ । भिडियोलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् । यम थापाको निर्देशक रहेको चलचित्र राज्जा रानीमा अभिनेत्री केकी अधिकारी र अभिनेता नाजिर हुसेनको मुख्य भूमिका रहेको छ । पुस २१ यानकी आज शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्रलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।