नम्बर प्लेटमा प्रदेशको नम्बर र नेपालको झण्डा

नम्बर प्लेटमा प्रदेशको नम्बर र नेपालको झण्डा

१२५८ पटक पढिएको

यातायात व्यवस्था विभागले देवनागरी लिपीबिनै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जारी गर्ने प्रक्रिया अघि बढाएको छ । नम्बर प्लेटमा प्रदेशको नाम नम्बर भने खुलाउने विभागले जनाएको छ । विभागले गत भदौ ५ गतेबाट सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न शुरु गरेको हो । तर, विभागले सार्क सदस्य राष्ट्र र भूटान, बंगलादेश, भारत र नेपाल समूहको सदस्य रहेको तथा चिनियाँ विकास अवधारणा ‘वान बेल्ट वान रोड’ अनुमोदन गरिसकेको कारण ती देशमा पनि नेपाली सवारी साधन जान सक्ने भएकाले पहिचानका लागि अंग्रेजी भाषा नै प्रयोग गरिएको जनाएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै अंग्रेजी भाषामा नम्बर प्लेट लेखिएको भए पनि नेपालको पहिचान दिन नम्बर प्लेटमा राष्ट्रिय झण्डा राखिएको विभागको विभागका प्रवक्ता टोकराज पाण्डेले बताउनु भयो ।