चीनसँग सडक, रेल, जलविद्युत सेवा जोड्न सरकारद्वारा विकासका प्रस्ताव तयार

चीनसँग सडक, रेल, जलविद्युत सेवा जोड्न सरकारद्वारा विकासका प्रस्ताव तयार

१२६६ पटक पढिएको

छिमेकी मुलुक चीनको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बिआरआई) अन्तर्गत अगाडि बढाउने उद्देश्यका साथ सरकारले एक दर्जनभन्दा बढी विकासका प्रस्ताव संकलन गरेको छ । चीनसँग सडक, रेल, जलविद्युत, प्रसारण लाइन एवम् सन्चारसँग जोड्ने कार्य (कनेक्टिभिटी)लाई प्राथमिकतामा राखेर सरकारले प्रस्ताव तयार गरेको हो ।

चीनले विश्वव्यापीरुपमा अघि सारेको बिआरआईमा नेपाल सरकार सहमत भइसकेकाले दुवै मुलुकको स्वार्थ मिल्ने गरी प्रस्तावहरु छलफलका लागि अगाडि बढाउने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग, केरुङ–काठमाडौं राजमार्ग, काठमाडौं उपत्यका बाहिरी चक्रपथ, नेपाल–चीन प्रसारण लाइन, सुनकोशी मरिन डाइभर्सन, चन्द्रगिरिको तल भूमिगत पानी तान्नेलगायत केही खानेपानी आयोजना, मध्यपहाडी क्षेत्रमा सिँचाइ आयोजना प्रस्तावका लागि तयार गरेको छ ।