भारतको लज्जास्पद हार

भारतको लज्जास्पद हार

८६४ पटक पढिएको

भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकाले शानदार जित हासिल गरेको छ । हिजो भारतको धर्मशालामा भएको खेलमा श्रीलंका ७ विकेटले विजयी भएको हो । खेलमा पहिले ब्याटिङ गरेको भारतले निर्धा्रित् ५० ओभरको खेलमा ३८ ओभर २ बलमात्र क्रिजमा टिकेर १ सय १२ रन बनाएको थियो ।

भारतका लागि महेन्द्र सिंह धोनीले सर्वा्धिक ६५ रन बनाएको इनिङ्समा पाँच खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । नियमित कप्तान विराट कोहलीले आराम लिएको यस शृंखलाको कप्तानी रोहित शर्माले गरेका छन् । भारतलाई सस्तैमा समेट्ने क्रममा सुरंगा लक्मालले १३ रन खर्चेर ४ विकेट लिए । जवाफमा श्रीलंकाले २० ओभर ४ बलमै ३ विकेटको क्षतिमा जित दर्ता र्गयो । श्रीलंकाका लागि उपुल थरंगाले सर्वा्धिक ४९ रन जोडे ।

यो जितसँगै श्रीलंकाले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल बुधबार मोहालीमा हुनेछ ।