साउदी अरब परिवर्तन भएर आएमा ‘सुमधुर सम्बन्ध’ बन्न सक्ने : इरान

साउदी अरब परिवर्तन भएर आएमा ‘सुमधुर सम्बन्ध’ बन्न सक्ने : इरान

६९२ पटक पढिएको

इरानका राष्ट्रपति हसन रौहानीले साउदी अरबले यमनमाथिको आक्रमणलाई रोकेर इजरायलसँगको सम्बन्धमा पनि सच्चिएर आएमा इरानले रियादसँगको सम्बन्धलाई पुनः स्थापित गर्ने बताएका छन्  । उनले  इजरायलसँगको गलत मनसायबाट निर्देशित मित्रतालाई त्यागेमा क्षेत्रीय प्रतिद्वन्दीहरूले साउदी अरबसँग ‘सुमधुर सम्बन्ध’ कायम गर्नसक्ने बताएका छन् । उनले साउदीले यसका लागि यमनमा गर्दै आएको अमानवीय गोलाबारीलाई रोक्नु पर्ने साथै यमनी हुठी समुहलाई सघाउन छोड्नुपर्ने बताएका छन् ।

इरान र साउदी अरब बीचको कुटनीतिक सम्बन्ध प्रसिद्ध सिया धर्मगुरुलाई फाँसी दिएपछि बदलामा सन् २०१६ को जनवरीमा इरानी प्रदर्शनकारीले साउदी कुटनीतिक नियोगमाथि हमला गरेपछि ती मुलुकबीचको सम्बन्धमा समस्या देखिँदै आएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।