पहिलो पटक सांसद बनेका योगेशको शानदार जीत

पहिलो पटक सांसद बनेका योगेशको शानदार जीत

२४०० पटक पढिएको

ताप्लेजुङको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा सदस्यतर्फ पहिलो चरणमा गत मंसिर १० गते भएको निर्वाचनको बिहिवार २१ गतेबाट शुरु भएका मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवारलाई ६ हजारको मतान्तरले पराजित गर्दै उनी पहिलो पटक प्रतिनिधि सभाको सांसद बनेका हुन् । 

प्रमुख जिल्ला अधिकारी कृपासुर कार्कीका अनुसार काँग्रेस उम्मेदवारको १० हजार १ सय ३३ मत आउँदा एमालेका योगेशले १६ हजार १ सय ३३ मत ल्याएका छन् ।  

उनी दुईपटक काठमाडौंबाट सांसदका उमेद्वार भएपनि निर्वाचित हुन सकेका थिएनन् । आफ्नै गृहजिल्लामा गएर उनले यो पटक सांसद भएका छन् । आफ्नै गृहजिल्लाले उनलाई सांसद बनाएर पार्टी र देशकै भावी नेताको रुपमा अनुमोदन गरेको छ।