एमाले अध्यक्ष ओलीले गरे बालकोटमा मतदान

एमाले अध्यक्ष ओलीले गरे बालकोटमा मतदान

१२२ पटक पढिएको

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटमा मतदान गर्नुभएको छ । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओलीले आफ्नो मतदाता नामावली रहेको भक्तपुर क्षेत्र नम्बर २ स्थित बालकोटको महेन्द्र शान्ति माविबाट मतदान गर्नूभएको हो । उहाँले अपराह्न ४ बजेर ९ मिनेटमा मतदान गर्नूभएको थियो । 

अध्यक्ष ओलीले चुनाव सार्ने प्रधानमन्त्री शेरबहादुर देउवाका सबै प्रयासहरु असफल भएको टिप्पणी गर्नुभएको छ । भक्तपुर क्षेत्र नम्बर २ को बालकोटबाट मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री देउवाले चुनाव सार्न हरसम्भव प्रयास गरेको आरोप लगाउनुभयो । ओलीले चु्नावको बेला सयौं ठाउँमा बम पड्काएर व्यक्तिको हत्या तथा उम्मेदवार घाइते हुँदा पनि सरकारले बम कसले हानेको हो भनेर अहिलेसम्म भन्न नसकेको बताउनुभयो । उहाँले चुनाव भाँड्नकै लागि बमकाण्डको रचना भएको आशंका गर्नुभएको छ । चुनाव सम्पन्न भइसकेकाले अब देश राजनीतिक स्थिरताको बाटोमा अघि बढ्ने नेता ओलीले दावी गर्नुभयो ।