मोबाइलमा नेपालीले खर्च गर्छन् दैनिक १८ करोड

मोबाइलमा नेपालीले खर्च गर्छन् दैनिक १८ करोड

७३६ पटक पढिएको

झन्डै एक चौथाइ नागरिक गरिबिको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैयाँ मोवाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ ।

मुलुकका दुई ठूला मोबाइल प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका ग्राहकले दिनमा नौ करोड रुपैयाँ खर्च गरेको देखाएको खबर आजको नागरिकमा छ ।

टेलिकमका अनुसार उसलाई गत आवको नौ महिनामा मोबाइल रिचार्जमा २४ अर्ब ३८ करोड रुपैयाँ आम्दानी भएको छ ।

यो दैनिक औसत नौ करोड रुपैयाँभन्दा बढी हो । दुबै कम्पनीका ग्राहकले गरेको खर्च जोड्दा १८ करोडभन्दा बढी हुन्छ ।