निर्वाचनमा ज्येष्ठ नागरिकदेखि किशोरकिशोरीको उत्साहपूर्ण सहभागिता

निर्वाचनमा ज्येष्ठ नागरिकदेखि किशोरकिशोरीको उत्साहपूर्ण सहभागिता

१३१ पटक पढिएको

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा किशोर/किशोरीदेखि ज्येष्ठ नागरिक सम्मले उत्साहपूर्ण सहभागिता जनाई मतदान गरेका छन् । ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अशक्त र अपाङ्गता भएका व्यक्तिका लागि लाममा नबसीकनै मतदान गर्ने व्यवस्था मिलाइएकोले उनीहरुको उत्साहपूर्ण सहभागिता देखिएको हो । यस्तै चितवनमा अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले  जिल्ला भरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।