सैंतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

सैंतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

७९ पटक पढिएको

मंसिर २१ चितवन । चितवनमा अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले  जिल्लाभरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा लिइएका जानकारी दिनुभयो । 

नियन्त्रणमा लिइएका सवारीसाधन एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्को प्रयोजनमा प्रयोग गरिएको उहाँले बताउनुभयो । जिल्लामा शान्ति सुरक्षाको प्रबन्ध राम्रो भएको भन्दै उहाँले सहज रुपमा मतदान भइरहेको बताउनुभएको छ । प्रहरीले पूर्वी चितवनबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । हालसम्म निर्वाचन विरोधी गतिविधि गर्ने २८ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरु बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका रहेको जनाईएको छन् ।