चुनावका क्रममा बम विष्फोट हामीले गराएका हौँ : नेत्रविक्रम चन्द विप्लव

चुनावका क्रममा बम विष्फोट हामीले गराएका हौँ : नेत्रविक्रम चन्द विप्लव

४८९ पटक पढिएको

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी लिँएको छ । यसैगरि आजबाट बम हमला रोकिने समेत जनाएको छ । बम बिष्फोटनलाई प्रतिरोधका घटना भन्दै सो पार्टीले मतदान सकिएपछि बम बिष्फोटनका सबै कार्यक्रम फिर्ता हुने जनाएको हो । विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य ओमप्रकाश पुनले ‘देशभर प्रतिरोधका घटना हाम्रो नेतृत्वमा भएका हुन्, चुनाव खारेजी अभियानको नेतृत्व हामीले गरेको हुनाले सबै घटनाको जिम्मा हामी लिन्छौं । भन्ने जानकारी गराउनुभयो । उनले वम विष्फोटनका घटनामा भगौडा सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको स्वीकार गरे ।