दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान : निर्वाचन आयोग

दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान : निर्वाचन आयोग

५४ पटक पढिएको

आज मंसिर २१ गते जारी निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ। साँझ ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।