४५ जिल्लामा मतदान सुरु

४५ जिल्लामा मतदान सुरु

५३ पटक पढिएको

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्र्तगत मतदान जारि छ । विहान ७ बजेबाटनै सबै प्रदेशका बिभिन्न ४५ जिल्लामा मतदान सुरुभएको हो । ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुको मतदान केन्द्रमा आज बिहानैदेखि मतदाताहरु लाइन लागेको खबर छ ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने छ । दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान हुन लागेको हो । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ ।

दोस्रो चरणको मतदान सकिएपछि आजबाटै पहिलो र दोस्रो चरणको मतगणना प्रारम्भ हुनेछ । पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । प्रमुख दलका अधिकांश शीर्ष नेताहरु दोस्रो चरणकै चुनावमा प्रतिस्पर्धी छन् ।