मोडलिङ क्षेत्रकी चम्किलो तारा सुन्दरी अस्मी गौतम

मोडलिङ क्षेत्रकी चम्किलो तारा सुन्दरी अस्मी गौतम

८७ पटक पढिएको

नेपाली मोडलिङ क्षेत्रमा नयाँ अनुहार आउने क्रम बढ्दो छ । कोहीले आफ्नो रहर पुरा गर्न यस क्षेत्रमा आउँछ्न भने कोहीले आफ्नो भविष्य यसै क्षेत्रमा राम्रो देखेर आउने गर्दछिन् । 

ग्लायमर क्षेत्र आफुमा पनि एउटा सम्मानित पेसा हो आफुले जे काम गरिराखेको हुन्छ त्यसमा मेहनत का साथ अनुसासित तबरले लागियो भने अवस्य सफल हुन सकिनेछ ।

यसै क्रममा सुनवल-०४,नवलपरासीमा बस्दै आईरहेकी अत्यन्तै सुन्दरी मोडल अस्मी गौतम पनि बिगत एक बर्षदेखि मोडलिङमा सक्रिय भएर लागेकी छिन्।

उनले तीज गीत, लोक गीत, रोइला गीत र बिभिन्न कभर भिडियोमा समेत अभिनय गरेकी छिन् र साथै बिभिन्न स्टेज कार्यक्रममा दर्शकको मन जित्न पनि सफल भएकि छिन् | उनले आफ्नो अध्यन र मोडलिङलाई सँगसँगै लैजाने उनको भनाई रहेको छ ।

उनलाई नृत्यमा सारै नै रुचि रहेको बताउछिन । उनी अहिले (BBS 4th year) महाकबि देबकोटा कलेजमा पढ्दै छिन् । उनि सबैसँग उत्तिकै मिल्ने हुँदा सबैको नजरमा प्रिय छिन् ।

अहिले हरेक कार्यक्रममा उनी ब्यस्त हुन थालेकी छिन्। यो क्षेत्रमा उनलाई आफ्नो घर परिवारको साथै आफ्नो ममिको हरपल साथ रहेको बताउछिन् |