निर्वाचनका दिन आन्तरिक उडान ७५ प्रतिशतले कटौती

निर्वाचनका दिन आन्तरिक उडान ७५ प्रतिशतले कटौती

११७ पटक पढिएको

दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक उडान ७५ प्रतिशतले कटौती हुने भएको छ । निर्वाचन हुने क्षेत्रमा अत्यावश्यक सवारी बाहेक अरु सवारी नचल्ने भएकाले आन्तरिक रुटमा ७५ प्रतिशत उडान कटौती हुने भएको हो ।

काठमाडौंबाट हाल दैनिक ३ सय आन्तरिक उडान र अवतरण हुने गर्छ । कटौती हुँदा चुनावको दिन भोलि काठमाडौंबाट बाहिर जाने र फर्कने गरी ७५ हाराहारीमा मात्रै उडान हुने निजी वायुसेवा प्रदायकहरुको संगठन आयोनले जनाएको छ ।