आज मध्य रातिदेखि भोली साँझ ७ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

आज मध्य रातिदेखि भोली साँझ ७ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

१३७ पटक पढिएको

भोली निर्वाचन हुने जिल्लाहरूमा आज मध्य रातिबाट सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । गृह मन्त्रालयका अनुसार भोली बिहान ७ बजे मतदान सुरु हुने भएपनि आज मध्य रातिदेखि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउने छन् । तर आयोगबाट पास लिएका र अत्यावश्यक सेवाका साधन भने चल्न दिइने मन्त्रालयले बताएको छ । आज मध्य रातबाट भोली साँझ ७ बजेसम्म सवारी साधन सञ्चालन गर्न नपाइने गृह मन्त्रालयले जनाएको छ ।