
नियमित भिन्डी खाँदा फाइदै फाइदा
भिन्डी एक स्वादिष्ट सब्जी हो । भिन्डीबाट भिटामिन, खनिज, एन्टिअक्सिडेन्टलगायत पाइन्छ । भिन्डीमा क्याल्सियम, पोटासियम, म्याग्नेसियम पनि भरपुर मात्रामा पाउन सकिन्छ । क्यान्सर, मधुमेह, हृदयरोग, नेत्ररोग, कब्ज, एनिमियाका रोगीलाई समेत निकै फाइदा मानिन्छ । यति मात्रै होइन, नियमित भिन्डी खानेहरू विभिन्न समस्याबाट बच्न सक्छन् ।
भिन्डीमा भिटामिन ए, बी, सी पाइन्छ । यसमा उपलब्ध भिटामिन बीले जन्मजात हुने विकृतिलाई रोक्छ । भिन्डीमा पाइने भिटामिन सीले श्वासप्रश्वासमा हुने रोगहरूबाट बचाउँछ । यो ग्यास्टिक तथा अल्सरका लागि प्रभावकारी दबाईसमेत हो ।
भिन्डीले ठूलो आन्द्राको सतहलाई रक्षा गर्छ । यसको सेवनले आन्द्रामा कुनै समस्या आउँदैन । यसले ब्लड सुगरलाई नियन्त्रित गर्छ । भिन्डीको सेवनले मानिसलाई राम्रो देखाउन मद्दत गर्छ । भिन्डीलाई उमालेर, थिचेर यसलाई छालामा केही बेर लगाई राख्दा हाम्रो छाला धेरै मुलायम र नरम हुन्छ ।
भिन्डीले मोटोपन हुनबाट बचाउँछ । यसमा पाइने भिटामिनले हाम्रो हड्डीलाई मजबुत बनाउँछ । यसले रगतको कमी हुनबाट बचाउनुका साथै कोलेस्टेरोललाई कम गर्छ ।
भिन्डीमा पाइने भिटामिन्सले आँखा, कपाललाई फाइदा पुग्छ । यसले गर्मीबाट बचाउँछ ।

ग्राण्डी अस्पतालको निःशुल्क स्वास्थ्य परिक्षण शिविर
२८२ पटक पढिएको
बिश्व कुष्ठरोग दिवश नेपालमा पनि मनाइदै
३१३ पटक पढिएको
नेपालको हावाको गुणस्तर विश्वमै खराब
५१० पटक पढिएको
ग्रान्डी अस्पतालले मनायो पाँचौं स्थापना दिवस
४४३ पटक पढिएको
परिवार नियोजनको साधन प्रयोगमा महिला अगाडि
४४७ पटक पढिएको
किन हुन्छ थाइराइड ? हेर्नुहोस बच्ने उपाय
४९५ पटक पढिएको