निर्वाचन विरोधी गतिविधि गर्ने ६ जना नेकपाका कार्यकर्ता सहित ३ भारतीय पक्राउ

निर्वाचन विरोधी गतिविधि गर्ने ६ जना नेकपाका कार्यकर्ता सहित ३ भारतीय पक्राउ

८८ पटक पढिएको

भोली हुन लागेको निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीय सहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्ने क्रममा प्रहरीले विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये ६ जना नेकपाका कार्यकर्ता रहेको बताइएको छ । अभियुक्तका साथबाट एक एक थान हतियार बम बरामद गरिएको छ ।