निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा

१०१ पटक पढिएको

दोस्रो चरण निर्वाचन हुने उपत्यकाका सम्पूर्ण मतदानस्थल तथा  केन्द्रहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ । भोली हुने निर्वाचनका लागि काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ५ सय २९ मतदान स्थल रहेका छन् । सम्पुर्ण मतदानस्थलको निगरानी तथा सुरक्षाका लागि सुरक्षाकर्मीहरु तैनाथ गरिएको हो । त्यस्तै १२ सय १७ मतदान केन्द्रमा पनि सुरक्षाकर्मी परिचालन भैसकेका छन् ।

मतदाता र उम्मेद्वारको सुरक्षाका लागि उपत्यका भित्र २५ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने छ । उपत्यकामा रहेका २ सय २८ मतदान स्थलहरुलाई संवेदशील स्थान तोकिएको छ । मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरीले सुरक्षा दिने छ भने दोस्रो घेरामा सशस्त्र प्रहरी बल रहेने छन् । बाहिरी घेरामा नेपाली सेनाले निगरानी गर्ने छ । मतदान स्थल वरिपरि शंकास्पद वस्तु तथा व्यक्ति देखिए खबर गर्न प्रहरीले आग्रह गरेको छ ।