नारायणी फिलिम्स्को प्रस्तुतिमा बन्यो ‘उजेली’ नामक ‘डकुमेन्ट्री’

नारायणी फिलिम्स्को प्रस्तुतिमा बन्यो ‘उजेली’ नामक ‘डकुमेन्ट्री’

२३१ पटक पढिएको

पछिल्लो समय नेपाली सिनेबजारमा डकुमेन्ट्री सिमित मात्र बनि राखेको पाउन सकिन्छ । यसैबीचमा नारायणी फिलिम्स्ले ‘उजेली’ नामक ‘डकुमेन्ट्री’ निर्माण गरेको छ । उक्त डकुमेन्ट्रीलाई नारायणी फिलिम्स्का प्रमुख अर्जुन बरालले प्रस्तुत गरेका हुन् भने शम्भु बिसीले निर्माण गरेका हुन् । ‘डकुमेन्ट्री’ लाई सानै उमेरबाट नेपाली चलचित्र क्षेत्रमा पाइला चालेका युवा निर्देशक अमिर बराल ‘मेन्डी’ले निर्देशन गरेका हुन् । अमिर बराल ‘मेन्डी’ले नायक सलोन बस्नेतसंग नेपाली चलचित्र ‘बाबु कान्छा’ अनि चलचित्र ‘जोश’ र ‘पोखराकी काली’मा समेत अभिनय गरिसकेका छन् । नेपालको प्रमुख समस्या मध्यको एक समस्या बालबिबाहमा आधारित ‘डकुमेन्ट्री’ दर्शकहरुमाझ चाँडै ल्याउन आटेको र दर्शकहरुले पनि आफ्नो कामलाई मन पराईदिनुहुन्छ भन्ने कुरामा आफु ढुक्क रहेको निर्देशक बरालले जानकारी दिएका छन् ।छायांकन र डबिङ सकेर अहिले धमाधम सम्पादन कार्य भै राखेको ‘उजेली’ मा लक्ष्मन नेपाल,दिपक  सिहं,दिनेश कुँवर,सोनिषा परियार आदिको मुख्य भूमिका रहेको छ । ‘डकुमेन्ट्री’मा लक्ष्मन घिमीरेको छायांकन,सुरेश चौधरीको सम्पादन रहेको छ, भने इन्जल बराल निर्माण नियन्त्रक रहेका छन् ।