किन हुन्छ थाइराइड ? हेर्नुहोस बच्ने उपाय

किन हुन्छ थाइराइड ? हेर्नुहोस बच्ने उपाय

५४ पटक पढिएको

जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण अहिले हरेक मान्छेमा केही न केही स्वास्थ्य समस्या भएकै हुन्छ ।कसैलाई डायबिटिज, कसैलाई प्रेसर, कसैलाई मोटोपन त कसैलाई स्ट्रोक । जीवनशैलीका कारण इन्डोक्राइन डिसअर्डर बढिरहेको छ, यसले मधुमेह र थाइराइडको समस्या देखिन थालेको छ ।

थाइराइडको समस्या अहिले नेपाली समुदायमा देखिएको प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक हो । नेपालमा हुने मृत्युमध्ये ०.२ प्रतिशत इन्डोक्राइनमा हुने उतारचढावका कारण हुने चिकित्सक बताउँछन् । इन्डोक्राइन हुनुमा आयोडिनको कमी प्रमुख कारण मानिन्छ । नेपाल स्थायी रूपले नै आयोडिनको कमी हुने मुलुकमा पर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, संसारभर १९ करोडभन्दा धेरै मानिस आयोडिन कमीका कारण पीडित छन् ।
नेपालमा पनि धेरै थाइराइड पीडित छन् ।

थाइराइड के हो ?

थाइराइड शरीरको एक ग्रन्थी हो । हाम्रो शरीर करोडौँ कोष मिलेर बनेको हुन्छ । ती कोषको विकासमा थाइराइड हर्मन अत्यावश्यक हुन्छ । थाइराइड हर्मोनविना बाँच्न नै असम्भव हुन्छ । शरीरका कोष तथा तन्तुलाई विकास र परिपक्व बनाउने थाइराइड सबै मानिसमा हुन्छ । यसकारण थाइराइड हुनु समस्या होइन । तर, थाइराइडमा आउने उतारचढाव समस्या हुन सक्छ ।

शरीरमा आवश्यकभन्दा बढी थाइराइड हर्मोन बढी (हाइपर), कम (हाइपो) हुनु वा थाइराइड हर्मोनको असामान्य रुपमा उत्पादन हुनु समस्या हो । मानिसका लागि अत्यावश्यक थाइराइड हर्माेनको उत्पादन थाइराइड ग्रन्थीले नै गर्छ । थाइराइड ग्रन्थी हाम्रो घाँटीको बीच भागमा हुन्छ ।

जब थाइराइड हर्मोन उत्पादनमा उतारचढाव आउन थाल्छ, तब समस्या देखिन थाल्छ । शरीरमा धेरै मात्रामा थाइराइड हर्मोन हुने अवस्थालाई हाइपरथाइरोइडिजम् भनिन्छ । त्यस्तै, कम मात्रामा हर्मोन उत्पादन हुनु हाइपोथाइरोइडिजम् हो ।

थाइराइडलाई नियन्त्रण गर्ने अर्को ग्रन्थी टाउकोमा हुन्छ, जसलाई ‘पिट्युटरी’ भनिन्छ । पिट्युटरीको नियन्त्रणमा रहेर थाइराइडले हर्मोन उत्पादन गर्छ । पिट्युटरीबाट आउने ‘थाइराइड स्टिमिलेटिङ हर्मोन’ (टिएसएच) का कारण थाइराइड ग्रन्थीले ‘टि–थ्री’ र ‘टि–फोर’ नामक हर्मोन उत्पादन गर्छ ।

शरीरलाई आवश्यक परेमा ‘टिएसएच’का साथै ‘टि–थ्री’ र ‘टि–फोर’ बढी मात्रामा उत्पादन हुन्छ । शरीरलाई आवश्यक नपरेमा थाइराइड ग्रन्थीले पिट्युटरीमा ‘नेगेटिभ फिडब्याक’ पठाएर टिएसएच कम उत्पादन गर्ने गराउँछ । जसअनुसार पिट्युटरीले ‘टिएसएच’ कम उत्पादन गर्छ र त्यसकै कारण थाइराइड ग्रन्थीले पनि ‘टि–थ्री’ र ‘टि–फोर’ कम उत्पादन गर्छ ।

थाइराइड समस्या जुनसुकै उमेरमा पनि हुन सक्छ तर यो पुरुषको तुलनामा महिलामा धेरै हुन्छ । पुरुषको तुलनामा महिलालाई ‘हाइपरथाइरोडिथजम्’ वा ‘हाइपोथाइरोडिजम्’ हुने सम्भावना १० गुणा बढी हुन्छ । महिलासँगै बालबालिकामा पनि यो समस्या देखिन्छ । महिला गर्भवती छन् र थाइराइडको समस्या छ भने हर्मोनलाई तत्काल सच्याउनु जरुरी हुन्छ । गर्भावस्थामा थाइराइडको समस्या भए गर्भमा रहेको बच्चा र आमा दुवैको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ ।

थाइराइड समस्याले गर्भावस्था र सुत्केरी भएपछि पनि बच्चाको जीवनमा असर गर्छ । गर्भावस्था भनेको विशेष अवस्था हो । बच्चाको मस्तिष्कको विकास गर्भमा रहेको पहिलो तीन महिनामा बढी हुन्छ । त्यतिबेला जति आमाले पौष्टिक आहार पाउँछिन्, त्यति नै बच्चा फूर्तिलो र तेजिलो हुन्छ ।

थाइराइड समस्यामा हर्मोनलाई सन्तुलनमा ल्याएर उपचार गर्न सकिन्छ । हाइपरथाइराइडिजम्ले अन्य स्वास्थ्य समस्यालाई बढाउन सक्छ, जसकारण उपचारमा समस्या आउन सक्छ ।

लक्षण

-तपाईंले खाने खाना र खानाको प्रकार एकै भएमा अकस्मात शरीरको तौल बढ्ने हुन्छ ।
-मुटु धेरै धड्किने, एक मिनेटमा एक सयभन्दा धेरैपटक धड्किने, असामान्य मुटुको धड्कन ।
-नर्भस हुने, तनाव लिने र झर्किने ।
-हात र औँलामा समय समयमा कम्पन हुने ।
-पसिना आउने ।
-महिलामा महिनावारी समयमा परिवर्तन ।
-तातो कुराप्रति बढी संवेदनशील ।
-थाइराइड ग्रन्थी सुनिने ।
-थकित हुने र मांशपेशी कमजोर हुने ।
-निदाउन गाह्रो हुने ।
-छाला पातलिने ।

उपचार

थाइराइड ग्रन्थिको रोग देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार लामो समयसम्म उपचार एवं नियमित रुपमा रक्त परीक्षण गर्नुपर्छ चिकित्सा विज्ञानले रेडियोएक्टिभ, आयोडिन तथा एन्टी थाइराइड औषधि र शल्यक्रिया -हाइपरथाइराइडिज्मका लागि) र थाइराइड हार्मोन चक्की -हाइपोथाइराइडिज्मका लागि)लगायतका विभिन्न रासायनिक हार्मोनहरुको प्रभावकारी आविष्कार गरेको छ । यी औषधीहरु र्सवत्र उपलब्ध छन् । यसका साथै आवश्यकता अनुसार विशेष उपचार तथा लाक्षणिक उपचार पनि गरिन्छ ।

यस्तो प्रकारको रोगबाट बच्ने एक मात्र उपाय भनेको समय-समयमा थाइराइड हार्मोनको रक्तपरीक्षण गर्ने रोग भएमा समयमै उपचार गर्नु हो । त्यसबाहेक आयोडिनयुक्त नुन तथा खाना खाने, अनावश्यक रुपमा एक्सरे, सीटीस्क्यान आदि पटक-पटक नगर्ने, तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने, धेरै चिया, कफी तथा चुरोट नखाने एवं स्वस्थ र सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ एकातर्फहाम्रा दुगबासी ढिके नुन खान बाध्य छन् भने अर्कोतर्फयो रोग परीक्षणको ग्रामीण तथा दुगम क्षेत्रमा विस्तार नभएकाले, जनचेतना न्यून भएकाले एवं सरकारी प्राथमिकतामा नपरेको हुँदा लाखौँ नेपालीले आफ्नो रोग थाहै नपाई मृत्युवरण गर्नुपर्ने विडम्बना छ ।