दोश्रो चरण निर्वाचनको लागि खटिए कर्मचारी

दोश्रो चरण निर्वाचनको लागि खटिए कर्मचारी

१२७ पटक पढिएको

निर्वाचन आयोगले दोस्रो चरणमा आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आजबाट कर्मचारी खटाउन सुरु गरेको छ । निर्वाचन सामग्रीसहित ७ हजार ७ सय ५२  निर्वाचन स्थलका १५ हजार ३ सय ४४ मतदान केन्द्रतर्फ कर्मचारी खटाउन सुरु गरिएको हो । निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी नौंजनासम्मको टोलि मतदान केन्द्रतर्फ पठाउन थालिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सामाग्री बुझेर मतदान केन्द्रतर्पm प्रस्थान गरेका कर्मचारीले भोलिसम्म प्रत्येक मतदान केन्द्रमा कार्यलय स्थापना गरिसक्नेछन् ।

मतदानमा खटिने कर्मचारीले मंसिर १९ र २० गते मतदाता परिचयपत्र बितरण गर्ने आयोगले जनाएको छ । त्यस्तै कार्यालयबाटै मतदाता शिक्षा कार्यक्रमपनि सञ्चालन हुने प्रवक्ता ढकालले बताउनुभयो । दोस्रो चरणमा निर्वाचन हुने सबै जिल्लामा आबश्यक सम्पुर्ण सामाग्री पुगिसकेकाले कर्मचारी खटिएसंगै निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।