बाग्लुगमा पुन मतदानको माग

बाग्लुगमा पुन मतदानको माग

४११ पटक पढिएको

बाग्लुगमा गत आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनमा धाँधली भएको आरोपमा कंग्रेसका कार्यकर्ताले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । कांग्रेसका उमेदवारले पुन मतदानको माग गरी निर्वाचन कार्यलयमा उजुरी दिएका हुन् । कांग्रेस सभापति तथा क्षेत्र नं. १ क का उम्मेदवार दिपेन्द्रबहादुर थापा र १ (ख) का उम्मेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गर्नुभएको हो । थापाले भकुण्डेमा र शर्माले अन्य दुइ स्थानमा बुथ कब्जा भएको आरोप लगाउनु भएको छ । कांग्रेसका एजेण्टलाई हातपात गरेको, एकलौटी रुपमा कब्जा गरी मतदान गरेको आरोपका साथ निवेदन आएको मुख्य निर्वाचन अधिृकत प्रकाश प्रसाद पण्डितले जानकारी दिनुभयो ।