कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट, एक वर्षीय बालकसहित तीन घाइते

कांग्रेस सभालाई लक्षित गरी बम विष्फोट, एक वर्षीय बालकसहित तीन घाइते

५६४ पटक पढिएको

सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावीसभा लक्षित विष्फोट हुँदा तीन जना घाइते भएका छन् । कांग्रेसको चुनावी सभा भैरहेको स्थान नजिकै विष्फोट हुँदा स्थानीय एक वर्षका बालक योवन न्यौपाने, धनबहादुर श्रेष्ठ र सम्रिना अधिकारी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये बालक न्यौपानेको अवस्था गम्भीर रहेको छ । घाइतहरुलाई  उपचारको लागि धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।