भक्तपुरमा कार दुर्घटनामा एकजनाको मृत्यु

भक्तपुरमा कार दुर्घटनामा एकजनाको मृत्यु

१९६ पटक पढिएको

भक्तपुरमा कार दुर्घटना हुदाँ एकजनाको ज्यान गएको छ । सूर्यिवनायक नगरपालिका–८, नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ लागेको बा ८ च २४३१ नम्बरको मारुती कार बिहीबार बिहान सडकबाट तल खोल्छामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा कारका चालक सूर्य्विनायक–९, नलिन्चोक घरभई हाल काभ्रे जनगाल बस्ने ४० वर्षीय जितेन्द्र खत्रीको घट्नास्थलमै ज्यान गएको प्रहरी बृत्त जगातीले जानकारी दिएको छ । खत्रीको शव पोष्ट मार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।