विश्व क्रिकेट लिग च्याम्पियनशीप क्रिकेटमा १४ सदस्यीय नेपाली टोलीको घोषणा

विश्व क्रिकेट लिग च्याम्पियनशीप क्रिकेटमा १४ सदस्यीय नेपाली टोलीको घोषणा

१४१ पटक पढिएको

विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेट अन्तर्गत युएईसँग हुने खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, सागर पुन, बसन्त रेग्मी, बिनोद भण्डारी, सन्दिप लामिछाने, सोमपाल कामी र करण केसी छन् । दिपेन्द्र सिंह ऐरी, आरिफ शेख र दिलिप नाथ पनि टोलीमा परेका छन् । यस्तै, ललित भण्डारीले पनि लामो समयपछि नेपाली टोलीमा पुनरागमन गर्दा जितेन्द्र सिंह मुखिया, अनिलकुमार साह, कुशल भुर्तेल र सिद्धान्त लोहनीलाई बैकल्पिक खेलाडीमा राखिएको छ । टोली भोली अभ्यासका लागि युएईको अबुदावी जानेछन् ।