सेमिफाइनल त्रिभुवन आर्मी र नेपाल पुलिसबीच भिडन्त

सेमिफाइनल त्रिभुवन आर्मी र नेपाल पुलिसबीच भिडन्त

३९ पटक पढिएको

काकडभिट्टा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ । दुबै बिभागीय टोली मोफसलको फुटबलमा यो सिजन पहिलो पटक सेमिफाईनलमा आमने सामने हुन लागेका हुन् ।

 यसअघि हिजो भएको खेलमा हिमालयन शेर्पालाई हराउँदै आयोजक काँकडभिट्टा प्रतियोगीाको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । झापाको काकडभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगतामा नेपालका ए डिभिजनसहित भारतका गरी कुल १० वटा टिमको सहभागीता थियो ।

प्रतियोगिताको विजेता टिमले आठ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।