प्याजको मूल्य आकासिदो 

प्याजको मूल्य आकासिदो 

३७७ पटक पढिएको

भारत सरकारको निर्यातसम्बन्धी नयाँ नीतिका कारण नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ । प्याजको निर्यातदर घटाउन भारतले न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको असर नेपाली बजारमा परेको हो । भारतमा उत्पादन भएको प्याज केही महिनाअघिको बाढीका कारण खेतमै नष्ट भएको र प्याज भण्डारण गृहमा पानीले भिजेर नष्ट भएको थियो । 

भारतिय बजारमा ररहेको प्याज नेपाल आउन थालेपछि निर्यातमा कडाई गरिएको हो । भारतको विदेश व्यापार महानिर्देशनालयले प्रतिटन प्याज निर्यात गर्दा ४६ हजार चार सय ९२ नेपाली रुपैयाँ (८५० डलर) एमईपी प्रणाली लागू गरेको छ । 

भारतमा पछिल्लो समयमा प्रतिकिलो प्याजको मूल्य थोकमा ४० (६४ रुपैयाँ नेपाली) बाट बढेर ५५ भारतीय रुपैयाँ (८८ रुपैयाँ नेपाली) पुगेको छ भने खुद्रामा ७५ भारतीय रुपैयाँ (एक सय २० नेपाली रुपैयाँ) पुगको छ ।