राजधानीलगायत देशैभर चिसो बढ्यो

राजधानीलगायत देशैभर चिसो बढ्यो

२०८ पटक पढिएको

राजधानीलगायत देशैभर चिसो बढ्न थालेको छ । हिजोको तुलनामा न्यूनतम तापक्रममा केही कमी आएको जल तथा मौसम विभाग अन्र्तगत, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद शान्ती कँडेलका अनुसार हिजो राजधानीको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस रहेकोमा आज ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

आज राजधानीको अधिकतम तापक्रम २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । पूर्वी पहाडी जिल्लामा आंशिक बदली भई हिमपात हुनसक्ने पनि मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ ।