मलेसियाको विमानस्थलबाटै फार्काइए १२ नेपाली

मलेसियाको विमानस्थलबाटै फार्काइए १२ नेपाली

३७६ पटक पढिएको

वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार क्वालालम्पुर विमानस्थलबाटै फर्काइएका छन् । मलेसियाको जोहारबारुमा रहेको ग्यास प्लान्ट कम्पनीमा काम गर्न भन्दै पठाइएका उनीहरु कम्पनीका प्रतिनिधि लिन नआएपछि फकाईएका हुन् । तीन दिनसम्म विमानस्थलमै उनिहरु अलपत्र रहेका थिए ।

मलेसियाको अध्यागमन विभागले उनिहरुलाई तीन दिनपछि प्रवेश अस्वीकार गर्दै फर्काइदिएको हो । उनीहरु काठमाडौंको नक्सालस्थित एचआर इन्टरनेसनल इम्प्लोयमेन्ट सिर्भिस प्रालिमार्फत मलेसिया पुगेका थिए ।