यूरोपमा सकियो गौरब र पबित्राको ’होलिडे’

यूरोपमा सकियो गौरब र पबित्राको ’होलिडे’

७६ पटक पढिएको

निर्देशक बसन्त निरौला निर्देशित नयाँ चलचित्र ’होलिडे’को छायाँकन सकिएको छ ।  यूरोपका बिभिन्न मुलुकमा छायांकन गरिएको चलचित्रमा गौरव पहारी, पबित्रा आचार्य, बुद्धि तामाङ, श्याम श्रेस्ठ, बेनि ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ । कमेडी जनरामा बनेको होलिडेको सुटिङ फ्रान्स, बेल्जियम, लग्जम्बर्ग लगायतका मुलुकमा गरिएको थियो ।

निर्देशक सहित नौ जनाको टीम चलचित्र छायांकनको लागी चालिस दिन अगाडी यूरोप पुगेको थियो । यूरोपमा छायांकनको व्यबस्थापन श्याम श्रेष्ठले गरेका थिए ।बि.एन. फिल्मसको ब्यानरमा बनेको यो चलचित्रका निर्माताहरु मन्दिरा श्रेष्ठ, तेजेन्द्र कँडेल, र हरि कार्की हुन् भने दिनेश कालिराज कार्यकारी निर्माता हुन् । चलचित्रलाई अभिमन्यू निरबीले लेखेका छन् भने युवराज चौलागाईं र अमीत श्रेष्ठको संगीत रहेको छ ।  बसन्त निरौला निर्दे्शित अर्को चलचित्र ’मेला’ यहि कार्तिक २४ गते रिलीज हुँदैछ ।