हुम्लामा तारा एयरको विमान दुर्घटना, २ पाइलटसहित ५ घाइते

हुम्लामा तारा एयरको विमान दुर्घटना, २ पाइलटसहित ५ घाइते

८९० पटक पढिएको

हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा  परेको हुम्लाका डिएसपी कमलप्रसाद नेपालले बताउनुभयो ‘विमान दुर्घटनामा परेको ठाउँमा धुवाँको मुस्लो आएको छ, हामी यहि मुस्लोले गर्दा त्यहाँसम्म पुग्न सकेका छैनौँ, उद्धारको प्रयास भइरहेको छ’ नेपालले भन्नुभयो । 

उहाँले विमानमा कति यात्रु थिए भन्ने बारे यकिन भइनसकेको पनि बताउनुभयो ।  विमान दुर्घटनाको थप विवरण आउन बाँकी छ । 

- तस्बिर सौजन्य : नृप हमाल