सँगै मिलेर खुलस्त विश्व अर्थतन्त्रको निर्माण

सँगै मिलेर खुलस्त विश्व अर्थतन्त्रको निर्माण

९३ पटक पढिएको

पहिलो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो आज नोभेम्बर पाँच तारिख शाङहाईमा शुरु भएको छ। जम्मा 172 मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठन तथा 3 हजार 6 सयभन्दा बढी व्यवसायहरू त्यस विश्वव्यापी आर्थिक-व्यापारिक बिशाल समारोहमा सहभागी भएका छन्। उद्धाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले “नयाँ र समावेशी खुला विश्व अर्थव्यवस्थाको निर्माण ” शीर्षकमा सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले ऐतिहासिक परिस्थितिको दृष्टिबाट विभिन्न मुलुक बीच खुलस्त सहकार्य चलाउने तीनवटा धारणा प्रस्तुत गर्नुका साथै चीनले खुल्लापनको विस्तार गर्ने र त्यसलाई अघि बढाउने पाँच किसिमको नियम पनि घोषणा गर्नुभएको छ। ती धारणा र नियमहरूले चीनद्बारा सधैं नै प्रस्तावित सँगै मिलेर स्वतन्त्र व्यापार र बहुपक्षीय व्यापारिक व्यवस्थाको सँरक्षण गर्ने, सँगै मिलेर खुलस्त विश्व अर्थतन्त्र र मानव जाति भाग्यको एकरुपताको निर्माण गर्ने विषयका लागि अझ सशक्त जिवन्त शक्ति थपिएको छ।
आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले हाल चीनले सुधार र खुल्लापनको क्षेत्र र परिधिलाई पूर्णता दिलाइरहेको विषयबारे बाह्य जगतलाई पनि जानकारी दिनुभएको छ।