पत्रकार चेतनाथ आचार्यको “उपहार”  

पत्रकार चेतनाथ आचार्यको “उपहार”  

४५ पटक पढिएको


काठमाडौं । पत्रकार चेतनाथ आचार्यको कथा संग्रह ‘उपहार’ विमोचन भएको छ । मकालु प्रकाशनद्धारा प्रकाशित पुस्तकको विमोचन शुक्रबार एक कार्यक्रमकाबिच संस्कृति विद् सत्यमोहन जोशीले गर्नु भएको हो ।

कथा संग्रहमा आठ ओटा कथा रहेको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि सत्यमोहन जोशीले सन् २०१२÷०१३ मा चीनका एक मजदुरको छोरा मयाङले कथा कथा जोडेर आख्यान एउटा ग्रन्थ लेखेको र त्यस ग्रन्थलाई त्यहाँका चिनियाँ लेखक संघ तथा संस्थाले अंग्रेजीमा अनुवाद गरि प्रकाशन भए पछि सो पुस्तकले त्यस वर्षको नोवेल पुरस्कार पाएको प्रसंग जोड्दै साहित्यको माध्यमले पनि राष्ट्रलाई माथी पु¥याउन सकिने बताउनुभयो ।

सरकारले साहित्यको निम्ती राम्रो व्यवस्था गर्ने हो भने नेपालीहरुले पनि नोवेल पुरस्कार प्राप्त गर्न सक्ने उहाँको भनाई थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भाषा सम्पादक लक्ष्मी पराजुलीले कथाको बनोट र बुनोट हुने बताउदै लेखक सफल भएको बताउनु भयो ।

यस्तै, सी आर आइ प्रमुख चाङ युए बर्षाले कथाकारले कथाको माध्यमबाट चीन र नेपाललाई जोडेको बताउनु भयो । कथाकार माया ठकुरीले कथामा समाज , परिवेश , परिवार र दुख कष्ट कथाले बोलेको बताउनु भयो ।

लेखक चेतनाथ आचार्यले कथामा लेखिएका पात्रहरु सजिव रहेको वताउनु भयो । उहाँले ‘उपहार’ कथा संग्रह भित्रका दुई कथामा चीनका सन्दर्भ जोडिएको र बाँकी छ वटा कथामा नेपाली समाजको सन्दर्भ जोडिएको यथार्थवादी कथाहरु भएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रोफेसर डा. राजेन्द्र सुवेदी लगायत नेपाल चीन सम्बन्धका व्यक्तित्वहरुको उपस्थिीती रहेको थियो । लेखक आचार्य विदेशी विशेषज्ञको रुपमा पैचीङमा कार्यरत हुनुहुन्छ ।

यस अघि आचार्यका ‘रित्तो कोठाको तस्वीर’ कथा संग्रह र ‘बुद्धको उपहार’ कथा संग्रह समेत प्रकाशन भइसकेको छ ।